वडा सदस्य हेमराज पोखरेलको निधन

दमौली– व्यास नगरपालिका ५३ वर्षिय वडा सदस्य हेमराज पोख्रेलको ह्रदयघातका कारण निधन भएको छ ।पोख्रेल सोमबार दिउँसो वडा कार्यालयमा बैठक बस्दै गर्दा एक्कासे ढल्न पुगेका थिए ।

पोखरेललाई उपचारका लागि दमौली अस्पतालमा ल्याइएको भएपनि डाक्टरले पोखरेललाई मृत घोषणा गरेका थिए ।

पोखरेलको हृदयघातबाट मृत्यु हुन पुगेको बुझिएको हो ।