भोला थापा क्षेत्री  -विहानै तनहुँको डुम्रे बजारबाट परिवारको अनुरोधमा आज लम्जुङ्को पर्यटिकय स्थल घले गाउँहुदै भुजुङ घुम्न जाने सल्लाह भयो । हामिले करिब १५ जनाको ग्रुप बनायौ र बेलुकि ४ बजे तिर तनहुँको डुम्रेबाट लागीयो घले/ भुजुङ गाउँको यात्रा ।

खाडिमा हरियालि नदेखेको म डोरी लाउरेलाई नेपालको हरियालिमा डुब्न साह्रै मज्जा आईरहेको थियो। साथमा चालकसगै मिठा मिठा लोक गित साथमा फेसबुक मार्फत प्रत्यक्ष प्रशारण लाईभ गदै म जस्तै बर्षौ दिन देखि नेपाल नपाएका मेरा साथिहरूलाई त्यहाँको हरियालीको लाईभ देखाउदै करिब ६ बजे साँझ लम्जुङ्को सदरमुकाम बेशिसहर पुगेका थियौ ।

म पनि जिवनमा लम्जुङको बेशिसहर पहिलो चोटि गएकाले मलाई खुबै रमाईलो अनुभव भईरहेको थियो ।

हामी बेशि शहरमा केही समय रोकियौ अनि बेशिसहरबाट घले गाउँ करिब २५ किलोमिटर रहेछ । त्यो पनि कच्चि सड्क त्यहि भएर घलेगाउँ पुग्न निकै अबेर हुने भएकाले साथीहरूको अनुमतिमा हामिले साझलाई रमाईलो गर्ने झम्केझोल लगायत केही खानेकुरा पार्सलहरू बेशिसहरबाट नै खरिद गरि बेलुकिको जोह गरेउ अनि सुरू भयो हाम्रो घले गाउको यात्रा ।

कच्चि सड्क त्यहि माथि सागुरो बाटो । रातिको समय रमाईलो त छदै थियो तर मनमा डरहरू पनि पैदा हुन थालो अध्यारोमा भिरको बाटो छ भन्ने हामिलाई यति बेला थाहाँ थिएन सबै प्राय नयाँ नै थियौ तर निकै भिर रहेछ घले गाउँ जान पनि ।बिच बिचमा अत्यस लाग्थो कहिले आउला घले गाउँ किनकि समय निकै भएको थियो । बच्चा बच्चि सगँ घुम्नु मन्जा बेग्लै हुन्छ भनेर १५ मध्यमा ५ जना बचाहरूपनि थिए बास्तवमै बच्चाहरूको खुसीले सिमा रहेको थिएना । तर हामिमा धेरै कुरा मनामा खेल्न सुरू भएको थियो कारण बाटोको केही समय सहज नै भयो तर अल्लि माथि पुगेपछि बाटो मर्मत गर्दै भएर होला निकै अप्ठ्यारो महसुस भयो ।

साँझा करिव ९ बजेको थियो हामी घले गाउँको स्वागत गेटमाबाट हाम्रो २ वटा टाटा सुमो भित्र झिर्यो अनि पार्किङको लगायौ । राति सुनसान छ, अब कता जाने सबै होटलमा राति उठाउने प्रयास गरेउ एकदम अप्ठ्यारो रहेछ अनि हामी एकदम चिन्तामा भयौ ।

धेरै बेर पछि हामिलाई घलेगाउ पुर्याउने चालक मित्रको मोबाईलमा घलेगाउको समिति मित्रको नम्बर रहेछ उहाँले फोन रिसिभ गर्नु भो अनि हाम्रो बासस्थान जोहो भयो लस्कारै लाग्यौं होम स्टे तिर ( नियम एकदम कडा हामी १५ जना मध्या १५ जना एकै होम स्टेमा बस्न नमिल्ने बाढ्नु पर्ने रहेछ ) व्यवसायि सबैले बाड्नु पर्ने गाउँकोछुट्टै नियम न रिस न राग सबै काम समितिको अनुमतिमा चल्ने खान र बस्ने बिल भुक्तानी पनि समितिलाई गर्नु पर्ने यति राम्रो सिस्टम । हामी १०/५ भएर बाडियौ तर रातिको क्याप फायरको लागि भने एकै ठाउँँमा जम्मा हुने समिति सगँ अनुमति मिल्यो ।

आगोको लागि दाउरा दिनु भो जाडो मौसम अागो फुकियो घरबाट नै लगेको मासु पोल्न थाल्यौं अनि जाडोमा ठिक हुन्छ भन्दै बेशिसहरमा लिएको खुकुरि रम सगैै भर्खरै बजारमा सर्वाधिक चर्चामा अाएको लोक दोहोरी गीत झ्यालमा पर्दामा छ मा नाच्ने रमाउने गरियो ।

बास्तवमा हाम्रो नेपालमा जति रमाईलो कहाँ छ होला र जस्त अनुभुती भईरह्यो । करिब रातिको १ बजेको थियो हामिले सुत्ने पलान गरेउ सबैलाई सुत्नेे व्यवस्था मिलाएर चालक मित्रले भुजुङको बाटो कस्तो रहेछ एक पल्ट हेरेर आउ न भन्नू भयो अनि हुन्छ भन्दै म लगायत ५ जना युवाहरू राति करिव १:४५ मा भुजुङको यात्र तय गरेउ रातिको समय कच्चि बाटो थियो करिब १८ किलोमिटर त्यो पनि पुरै भिर रहेछ करिब १ घण्टा लाग्ने भुजुङ गाउँ जान राति करिब २:५० मा हामी भुजुङ गाउको पार्किङमा पुगेउ बिहानै त्यहाँ के देखिन्थ्यो र सेतो हिमाल टाउकोमा बाहेक भुजुङको सुनसान बस्तिहरू निदाईरहेको थियो ।

हामी करिब २ घण्टा पश्चात भुजुङबाट पुन घले गाउँ फर्कियौ किनकि हामिले अरूलाई पनि भुजुङ ल्याउनु थियो । राति अध्यारो थियो हामिलाई थाहाँ थिएन भुजुङ जाने बाटो सजिलो होला केही छैन होला भनी तर बाटो हैन बाटो मुनि हेर्दा भिरले बिहानि पख हाम्रो होस नै उड्यो जस्तो भयो ।

भगवानलाई पुकार्नु बाहेक हाम्रो बिकल्प अरू रहेन बडो मुस्किलले घलेगाउँ पुगियो त्यहाँ सबैै जना भुजुङको लागि तयारि अबस्थामा बस्नु भएको रहेछ । त्यहाँको चलन चल्तती अनुसार हामि विदाई हुनु पर्ने रहेछ हामिलाई होम स्टे बाट फुलमाला सहित बिदाई गर्नु भो ।

अनि भुजुङ लागेउ मैले अन्यलाई त्यहाँको बारेमा पहिले नै भनी सकेको थिए तर उहाँहरूले जाने जोड गरेपछि म पनि बसे सुमोमा फेरि भुजुङ तिर केही पर पुगेपछि मैले सबैको अनुहार निहाल्दै थिए ।

जुन घलेगाउँबाट हिड्दाको खुसि थियो त्यो सबै एकाएक डरमा परिवर्तन भएको सबैको अनुहारबाट पत्ता लागि सकेको थियो ।अनि भुजुङ पुगेउ घुम्न लायक त्यहा हिमाल हेर्न र बस्तिहरू एकछत्तै रहेछन तुईनबाट धान पराल ओसार्ने गाउँको मिले महत्त्व रहेछ, चिया बगान भैंसी फार्म तल ठूलो फाट रहेको भुजुङ गाउँ तल देखि माथि सम्म घुमियो अनि हामी सग बच्चा देखि बुढा सम्माको टिमले खुबै रमाईलो गर्यौ अनि फर्कियौ बेशिशहर तिर करिब ३ घण्टामा हामी बेशिशहर पुगियो र त्यहाँबाट करिब ५ बजे डुम्रे आएर सास फेरियो ।

तपाईं पनि घलेगाउँ अबस्य जानू १५० मा पियोर कोदोको झम्केझोल र कोदोकै सेल खाएर घुमेर आउनु होला धन्यावाद । तनहुँ भानु १ साजबोटे ।

हाल कतार

अन्तिम पटक अध्यावधिक गरिएको 106 Viewed

प्रतिक्रिया दिनुहोस्