६ जनालाई सिलाइ मेसिन वितरण

भानु फुस्रेटार,तनहुँ ।

भानु नगरपालिकाले भानुभक्तिय टोपी निर्माण तालिम प्राप्त गरि ब्यबहारिक रूपमा ब्यावसाय सुरु गर्ने  महिलाहरुका लागि मेसिन वितरण कार्यक्रम गरेको छ। नगरपालिकामा आज एक कार्यक्रमका बीच भानु नगरपालिकाका मेयर उदयराज गौलीले उनिहरुलाइ एक थान सिलाइ मेसिन वितरण गरेको हो।

भानु नगरपालिकाका उप मेयर  आशा थापा समेतको सहभागिता रहेको  कार्यक्रममा ६ जनालाई सिलाइ मेसिन वितरण गरिएको छ।

मेसिन प्राप्त गर्ने महिलाहरुमा बविता पुन मगर थापा,भानु-५, चन्द्रा माया कुमाल,भानु-१,शारदा बोहोरा,भानु-४,विवा वि.क,भानु-२, सिता परियार,भानु-३ र सिता पण्डित,भानु-६ रहेको हाम्रा सहकर्मी मनोज श्रेष्ठले बताएका छन् ।