भानु नगरपालिकामा रहेको एक विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई न्यानो कपडा वितरण गरिएको छ । भानु नगरपालिकामा रहेको श्री देवि आधारभुत विद्यालय नयाँ बस्तीमा अध्यननरत ३० जना विद्यार्थी तथा शिक्षकहरुलाई न्यानो ज्याकेट वितरण गरिएको जनाइएको छ ।

भानु नगरपालिका १ भन्सार बजार निवासी युवा ब्यवसायी एवं समाजसेवी भन्सार सुन चादीँ पसलका सञ्चालक नर बहादुर सुनारले सो सामाग्री वितरण गर्नुभएको हो । कक्षा नर्सरी देखि कक्षा ३ सम्म अध्ययन गर्ने विद्यार्थीलाई ज्याकेट वितरण गरिएको नर बहादुर सुनारले भानु खबरलाई जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई जाडो मौंसममा चिसोबाट बच्न तथा अध्ययन गर्न सहज वातावरणको लागि सहयोग स्वरुप ज्याकेट वितरण गरिएको सुनारले बताउनुभयो । यसअघि समाजसेवी सुनारले दीपशिखा बन्दिपुर इङलिस बोर्डिङ स्कुलका विद्यार्थीलाई पढाईको साथ सथै खेलमा पनि सहयोग होस भनेर फुटवल जर्सी सहयोग गर्नुभएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 130 Viewed

प्रतिक्रिया दिनुहोस्