तनहूँको बन्दीपुर गाउँपालिका वडा नं ५ काे याम्पा फाँटमा स्थानिय कृष्ण पुडासैनीको डुङ्गा प्रहारबाट स्थानिय याम्पा निवासी प्रताप भट्टाराई घाइते भएका हुन्।

उनलाई अहिले उपचारको लागि डुम्रेमा रहेको लक्ष्मी अस्पतालमा ल्याइएको छ भने ढुङ्गा प्रहार गर्ने पुडासैनीलाई ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले नियन्त्रणमा लिएको छ। आज (सोमवार) विहान ९:०० बजेको समयमा बाबु भानुभक्त पोखरेल सँग भएको कुराको विवाद छोरा प्रताप सँग गर्दैै गर्दा बिबाद बढेको थियो।

पोखरेलले भने याम्पामा रहेको मर्स्याङदी घाटमा बालुवा, ढुंगा ननिकाल्ने विषयमा कुरा उठाउँदै आएको वडा नं ५ का वडा अध्यक्ष ध्रुव राज लामिछानेले जानकारी दिनुभयो।

अब विवाद आएपछि आई ई ई भैरहेको याम्पा देखि गोहोरे सम्मको घाट नखुलाउने पहल गर्ने समेत बताउनुभयो।

अन्तिम पटक अध्यावधिक गरिएको 221 Viewed

प्रतिक्रिया दिनुहोस्