भिजन आँखा अस्पतालद्धारा बढैयातालमा निशूल्क आखाँ जाँच शिविर सम्पन्न

भानु खबर,बर्दिया २८ मंसिर / बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.१ र २ मा भिजन आँखा अस्पताल, नेपालगन्जको आयोजना तथा वडा कार्यालयको सहकार्यमा आखाँ जाँच शिबिर सम्पन्न भएको छ । भिजन आँखा अस्पताल, नेपालगन्जका डा. प्रचण्ड गौतमको नेतृत्वमा टोलिले आँखा जाँच गरेका थिए । जस्मा बढैयाताल गाउँपालिका वडा नं.१ र २ को १५७ जना बिरामीको आँखा जाँच गरिएको भिजन आँखा अस्पताल, नेपालगन्जका डा. प्रचण्ड गौतमले बताउनुभयो ।
जस मध्ये ३० जना मोतिया बिन्दु जसलाई अप्रेसनको लागि भिजन आखा अस्पतालमा सिफारिस समेत गरिएको छ भने ५ जना जलबिन्दु , २ जना लाई मधुमेहले आखाको पर्दामा असर , २० जना लाई आखाँमा पानीको कमि र बाँकिलाइ दृष्टिदोष देखिएको डा. गौतमले बताउनुभयो । सो आखाँ जाँच शिविरमा बिरामीहरुलाई निशुल्क औषधी बितरन समेत गरिएको थियो ।