२०१९ को ‘मिस वर्ल्ड’को उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंलाई

भानुखबर,लन्डन / २०१९ को ‘मिस वर्ल्ड’को उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंले जितेकी छिन् । विश्वका १११ मुलुकका सुन्दरीले यो विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगीतामा सहभागीता जनाएका थिए । जसमा, जमैकाकी टोनी-अन्न सिंहले अन्य प्रतिस्पर्धीलाई उछिन्दै लण्डनमा आयोजना भएको ‘मिस वर्ल्ड २०१९’को उपाधि जितेकी हुन् ।
विश्व सुन्दरी प्रतियोगीताको फस्ट रनरअप फ्रान्सकी सुन्दरी ओफेलि मेजिनोले जितेकी छिन् भने सेकेन्ड रनरअपको उपाधि भारत सुमन रावले जितेको छ । यो बर्षको ‘मिस वर्ल्ड’मा नेपालकी अनुष्का श्रेष्ठ उत्कृष्ट १२ सम्म पुग्न सफल भएकी छिन् ।फाइनल चरणमा भने उनी प्रवेश गर्न सकिनन् ।अनुष्काको यात्रा उत्कृष्ट १२ मा पुगेर सकिएको छ । नेपालकी मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तरगतको मल्टिमिडिया अवार्ड जितेकी थिइन् भने उनले ब्युटी विथ द पर्पोजको ताज हात पारिन्।