नेपाल राष्ट्रीय शिक्षक संगठन भानुद्धार नवप्रबेशि शिक्षकलाई स्वागत

भानु खबर – भानु नगरपालिकाका बिभिन्न बिध्यालयमा आन्तरिक र खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएका नवप्रबेशि शिक्षकलाई नेपाल रास्ट्रीय शिक्षक संगठन भानुले हिजो एक कार्यक्रम बिच सम्मान गरेको छ ।

भानु नगर कमिटिका अध्यक्ष रिदय भट्टको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाल रास्ट्रीय शिक्षक संगठन गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष केशबराज घिमिरे रहेका थिए ।

प्रमुख अतिथी घिमिरेले शिक्षकको पेशागत सुधारको लागि गुणस्तरिय शिक्षामा जोड दिनु पर्ने कुरामा सबै शिक्षकलाइ आह्वान गरेका थिए ।

यसै गरि बिशिष्ट अतिथिको रुपमा रहेका संगठनको केन्द्रीय प्रतिनिधि रघु पन्डित, महासंघ तनहु सचिब अशोक खत्री र संगठन जिल्ला सचिब बाबुराम रानाभाट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसै गरि नवप्रबेशि शिक्षकको तर्फबाट बल बहादुर भण्डारी र बिस्नु तिमिल्सेनाले आ–आफ्नो भनाइ राखेका थिए ।

Image may contain: 4 people, people standing and indoor

कार्यक्रम संगठनका नगर सचिब चिजकुमार सुर्र्खािलले संचालन गरेको कार्यक्रममा संगठन उपाध्यक्ष हरिमान नेपालीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा भानु गरपालिकाका शिक्षक शिक्षिकाहरुको बाक्लो उपस्थिीती रहेको थियो ।

Image may contain: 7 people, people sitting and indoor