नेपाली मौलिक चलचित्र “गाउला” युट्युबमा सार्वजनिक भएको छ । नेपाली चलचित्र ईतिहासमा मौलिकता खोज्ने प्रयास अझै जिवीत छ त्यसमाथी नेपालीको आफ्नै समुदाय र परिवेशलाई दन्तकथा,यथार्थ कथा र काल्पनिक कथाहरुभित्र रहेर लघुचलचित्र,डकुमेन्ट्री र म्यूजिक भिडीयो हरु निर्माण गर्ने गरेको पाईन्छ !

यसै परिकल्पनामा आफ्नो जीवन्त खोज्दै चलचित्रका निर्माता रुपलाल बुढामगरले यस चलचित्रको कथा लेख्न शुरु गरेर उक्त चलचित्र विश्व मगर सँघका अध्यक्ष लक्ष्मण मार्के मगर लाई सुनाईयो अनि आफ्नै पूर्खौली पेशा भेडी गोठ को कथामा रहेर चलचित्र निर्माण गर्नुपर्छ भनेर चलचित्र निर्देशक बिवेश बुदा मगर सँगको निर्माणमा बिवेश बुदा मगरले निर्देशन गरे ।

यस चलचित्रको छायाँकन पूर्वी/पश्चिम रुकुम,बाग्लुङ,काठ्माण्डौ उपत्यकाको ३ जिल्ला भित्र छायाँकन गरिएको छ ! यो चलचित्र नेपाल आदिवासी समुदाय भित्र मगर चलचित्रमा पहिलो Full HD मा छायाँकन गरीएको पहिलो चलचित्र हो । यस चलचित्रले MFA,TITV,NIIF@NEFTA Hong Kong को अवार्डमा भाग लिन सफल्ता प्राप्त गरेको थियो!

यस चलचित्रलाई च्यारिती शो भनेर UK,America,Belgium,Portugal,Korea,Japan इत्यादि देशमा प्रदर्शन गरिएको थियो ! यो चलचित्रको छायाँकन सन्तोष पिठाकोटे मगरले गरेका छन भने सह निर्माता अनिल बुदामगर हुन यस चलचित्रको गित,सँगीत र कोरीयोग्राफ नारायण बुदा मगर हुन भने गित कुष्मिता दर्लामी र बिवेश मगरको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 87 Viewed

प्रतिक्रिया दिनुहोस्