राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरी आजै नयाँ नियुक्ति गरेकी छन।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा गण्डकीका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरी नेपालको संविधानको धारा १६७ बमोजिम सीताकुमारी पौडेल, चितवन र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव, सप्तरीलाई नियुक्त गरेकी हुन।

राष्ट्रपति भण्डारीले शीतल निवासमा आयोजित कार्यक्रममा उनीहरुलाई आजै शपथ गराएकी छन्।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए।

अन्तिम पटक अध्यावधिक गरिएको 110 Viewed

प्रतिक्रिया दिनुहोस्