काठमाडौं । स्पेनिस क्लब भ्यालेन्सियाले प्रशिक्षकबाट हावी ग्रासियालाई बर्खास्त गरेको छ ।

भ्यालेन्सियाको प्रशिक्षकमा ग्रासियाले १० महिना आफ्नो भूमिका निर्वाह गरे । ग्रासियाको बर्खास्तीसँगै तत्कालका लागि सहायक प्रशिक्षक साल्भाडोर गोन्जालेजले प्रशिक्षकको भूमिका निर्वाह गर्ने भएका छन् ।

आइतबार राति ला लिगा अन्तर्गतको खेलमा भ्यालेन्सिया बार्सिलोनासँग ३–२ ले पराजित भएको थियो । सो पराजयपछि भ्यालेन्सिया रेलिगेशन जोनमा रहेका क्लब भन्दा मात्रै ६ अंकले अघि रहेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 117 Viewed

प्रतिक्रिया दिनुहोस्