जापानका प्रधानमन्त्री योशिहिदे सुगाले भारत र फिलिपिन्सको भ्रमण गर्ने बताईएको छ ।

प्रधानमन्त्री सुगाले यहि महिनाको अन्त्यतिर भारतको भ्रमण गर्ने बताइएको हो । त्यस्तै, उनले भारतपछि फिलिपिन्सको पनि भ्रमण गर्ने बताईएको छ ।

भारत र फिलिपिन्स दुबै मुलुकको चीनसँग क्षेत्रीय विवाद रहेको छ । स्वतन्त्र र खुला इन्डो प्यासिफिक क्षेत्रको लागि पहल गर्दै आएको जापानको यो भ्रमणले यस बिषयमा सहकार्यका लागि महत्वपुर्ण भुमिका खेल्न सक्ने बिश्लेषण गरिएको छ । प्रधानमन्त्री सुगाको भ्रमणको समयमा उनका भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदी र फिलिपिन्स राष्ट्रपति रोड्रिगो डुटर्टेसँग शिखर बैठक हुने अनुमान गरिएको छ ।

गत मार्चमा सुगा र मोदीबीच भएको टेलीफोन वार्तामा क्वाड सहकार्य (अमेरिका, जापान, अस्ट्रेलिया र भारत) का लागि थप सहकार्य गर्ने सहमति गरेका थिए ।

मार्चमा भएको क्वाड बैठकले अन्तराष्ट्रिय कानुनमा रहेर स्वतन्त्र, खुला ब्याबस्था कायम गर्ने र इन्डो प्यासेफिक क्षेत्रमा सुरक्षा खतरा बिरुद्ध कडा सुरक्षा प्रणाली अपनाउने सहमति गरेका थिए । स्रोत असाही सिम्बुम

अन्तिम पटक अध्यावधिक गरिएको 10 Viewed

प्रतिक्रिया दिनुहोस्