अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ हजार ३ सय ३६  पुगेको छ । जोन्स हप्किन्स बिश्वबिद्यालयका अनुसार कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ८ सय ७० पुगेको जनाएको छ । उक्त तथ्याँक गत बिहिबार सेप्टेम्बर १७ का दिन २४ घन्टामा लिइएको हो ।

गत बुधबार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३६ हजार ७ सय ८२ पुगेको थियो भने कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ सय ७७ पुगेको जनाएको थियो । गत बुधबार भन्दा बिहिबार संक्रमितको संख्यामा झन्डै १० हजार वृद्धि भएको छ भएको छ भने मृत्यु हुनेको संख्यामा १ सयको कमि भएको छ ।

हाल सम्म २ लाख १ हजार २८ जना कोभिड-१९ बाट मृत्यु भएका छन् भने र ६८ लाख ९ हजार संक्रमित भएका छन् । अहिले सम्म २७ लाख ६५ हजार निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्व बिद्यालय/सिएनएन

अन्तिम पटक अध्यावधिक गरिएको 125 Viewed

प्रतिक्रिया दिनुहोस्