भानु खबर ।
लोक पप शैलीका गितका कारण चर्चा कमाएका तनहुँका गायक भुवन सिं थापा र प्रतिभावन गायक रेशम आलेकोे मौलिक कौरा गित “रमाई रमाई लान्थेँ म” को भिडीयो भोली शनिबार सार्वजनिक गरिने भएको छ ।

रेशम आले मगरको शब्द र भुवन सिं थापाको संगीतमा तयार पारिएको उक्त गीत मगर संस्कृतिमा अत्यन्तै प्रचलित कौरा गीत संरक्षण र प्रवद्र्वनमा कोशे ढुङ्गा सावित हुनेछ ।

गितको निर्देशन र सम्पादन गायक भुवन सिं आफैँले गरेका उक्त मौलिक कौरा गित “रमाई रमाई लान्थेँ म” को छाँयाङ्कन व्यास नगरपालिका वडा नं १४ को सुन्दर मगर गाउँमा गरिएका हो ।
विशेषगरी भिडियोग्राफी र फोटोग्राफीमा अब्वल छाँयाकार भुवन सिं थापा, फल थापा मगर र विशाल थापा मगरलेले यो गितको छाँयाङ्कन गरेका हुन ।


स्थानिय ख्यातिप्राप्त कलाकारहरुको नृत्य र अभिनय रहेको यो गितलाई गायक भुवन सिं थापाले आफ्नै युट्युब च्यानल मार्फत दर्शक स्रोताहरू माझ पस्कने तयारीका रहेको बताए ।


थपाले भने यो गीत मैले मेरो गाँउमै रेकर्ड गरिएको हो, गीत तयारी अवस्थामा छ , भोली शनिबार २ बजे भिडियो मेरो युट्युब च्यानलबाटै सार्वजनिक हुँदै छ । रेकर्डिङ देखी छायांकन सम्म सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ।

अन्तिम पटक अध्यावधिक गरिएको 524 Viewed

प्रतिक्रिया दिनुहोस्