भानु खबर । कोभिड संक्रमण पुष्टी भएका भानुका एक वृद्धको मृत्यु भएको छ ।

उपचारका लागि अस्पताल ल्याउने क्रममा उनको ज्यान गएको भानु नगरपालिकाले जनाएको छ ।
केही दिन अघि पोखराको ओम अस्पतालमा गरिएको परीक्षणमा संक्रमण भेटिएका ती वृद्ध घरमै थिए ।

यस अघि पनि दमौली अस्पतालमा उपचारका लागि आएका उनलाई शास फेर्न कठिन भए पछि आईतबार पुनः दमौली अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको स्रोतले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 125 Viewed

प्रतिक्रिया दिनुहोस्