डिपि अधिकारी / डुम्रे- तनहुँकाे डुम्रे क्षेत्रमा संकलन गरिएकाे खाली अक्सिजन सिलिन्डर डुम्रे टाेल बिकास संस्थाले भरिदिएकाे छ । ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे र नेपाल पत्रकार महासंघकाे समन्वयमा शनिबार र आईतबार संकलन गरिएकाे २७ सिलिन्डर मध्ये १९ वटा खाली सिलिन्डर डुम्रे टाेल बिकास संस्थाले भरिदिएकाे हाे । अक्सिजन भर्नका लागि डुम्रेबजारका युवा ब्यावशायी दिनेश श्रेष्ठले निशुल्क गाडीको ब्यवस्था गरिदिनु भएकाे थियाे भने ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले पाेखरामा रहेकाे कालिका ग्याँस कम्पनी मा समन्वय गरि सहयाेग गरेकाे साथै सिलिन्डरका लागि आवश्यक पर्ने केही उपकरण र अक्सिजन नाप्ने केही थान स्वास्थ सामग्री पनि खरिद गरिदिने डुम्रे टाेल बिकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठले रेडियो बन्दिपुरलाई जानकारी दिनुभयाे ।
अक्सिजन भरिएकाे सिलिन्डरलाई जिल्ला प्रशासन कार्यालयकाे समन्वयमा अस्पताललाई आवश्यक परेकाे खण्डमा प्रहरी कै सक्रियतामा अस्पतालमा पुर्‍याईने ब्यवस्था गरिने ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिनुभयाे । यसैबिच बन्दिपुर अस्पतालमा अक्सिजनकाे कमि हुन सक्ने भन्दै मंगलबार १० थान सिलिन्डर प्रदान गरिएकाे छ । अस्पतालमा आउने बिरामीलाई अक्सिजनका कारण समस्या नआओस् भनेर अक्सिजनकाे ब्यवस्थापन गरिएकाे बन्दिपुर गापाका स्वास्थ शाखा प्रमुख अंजिर भट्टराईले बताउनु भयाे ।

अन्तिम पटक अध्यावधिक गरिएको 67 Viewed

प्रतिक्रिया दिनुहोस्