भानु खबर ।

तनहुँमा दुई साता निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन प्रशासन कार्यालय तनहुँमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले जोखिम बढ्दै गएको र संक्रमण फैलने सम्भावना रहेको भन्दै भोलिबाट थप १५ दिन आगामी जेठ १५ गते सम्म निषेधाज्ञाको अवधी बढाउने निर्णय गरेको छ ।

May be an image of one or more people, people sitting, tree and outdoors

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार केन्द्रले यही बैशाखको २२ गते राति १२ बजेबाट ३१ गते राति १२ सम्मका लागि जारी गरेको निषेधाज्ञाले संक्रमण न्यूनिकरण गरेको निष्कर्श समेत निकालेको छ ।

May be an image of outdoors

उहाँका अनुसार थप गरिएको निषेधाज्ञालाई कडाईका साथ पालना गर्न निर्देशन दिइएको छ । अव उप्रान्त जिल्लामा मर्निङ्ग वाल्कमा निस्कनेहरुलाई समेत कडाई गरिने भएको छ ।

May be an image of outdoors and text that says 'जिल्ला प्रशासन कायालय'

तनहुँमा विहिबार बेलुकासम्म तीन सय ७७ संक्रिय संमितहरु रहेका छन भने चार सय ३० जनामा संक्रमण पुष्टी भईसकेको छ ।
स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लामा ४६ जना संक्रमणमुक्त भएका छन ।

अन्तिम पटक अध्यावधिक गरिएको 122 Viewed

प्रतिक्रिया दिनुहोस्