डिपि अधिकारी , डुम्रे ।
उद्योग बाणिज्य संघ डुम्रे बजार ईकाइले शसस्त्र प्रहरीलाई स्वास्थ सामग्री प्रदान गरेकाे छ । काेराेनाकाे त्रासका बीच सडकमा खटिनु पर्ने र जाेखिम रहन सक्ने भन्दै शसस्त्र प्रहरी बल मनकामना गणलाई स्वास्थ्य सामग्री प्रलान गरिएकाे ईकाइ सभापति राजेश श्रेष्ठले जानकारी दिनुभयाे । ईकाइले ३६ थान फेस सिल्ड, ५ लिटर सेनिटाईजर र मास्क प्रदान गरेकाे हाे ।
ईकाइ कै सक्रियतामा बजार क्षेत्रमा दिउँसाे सुरक्षाका लागि खटिने नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई खाजा र पानीकाे समेत ब्यवस्थापन गरिएकाे तनहुँ उद्योग वाणिज्य संघका महासचिव सुबाेध अधिकारीले बताउनु भयाे । ” तनहुँ उद्योग वाणिज्य संघसँग यस किसिमकाे विषम परिस्थितिमा सहयाेग र सहकार्य गरि कार्य गर्न पाएकाेमा बजार ईकाई प्रति आभार ब्यक्त गर्दछु । ” शसस्त्र प्रहरी बल मनकामना गणका गणपति प्रहरी उपरीक्षक संजय भट्टराईले जानकारी दिनुभयाे ।
भाैतिक दुरी कायम गरि गरिएकाे कार्यक्रममा पूर्व जिल्ला सदस्य राजेन्द्र पिया, निवर्तमान सभापति मिया, ईकाइ उपसभापति हेमलाल भिके, सचिव बुद्ध श्रेष्ठ , डुम्रे साँस्कृतिक परिवारका अध्यक्ष कैलाश श्रेष्ठ ,
डुम्रे बजार ईकाइले तनहुँ उद्योग बाणिज्य संघले स्थापना गरेकाे महाअभियान काेषमा ६० हजार भन्दा धेरै रकम संकलन गरिसकेकाे ईकाइका निवर्तमान सभापति नेक महम्मद मियाले बताउनु भयाे ।

अन्तिम पटक अध्यावधिक गरिएको 102 Viewed

प्रतिक्रिया दिनुहोस्