भानु खबर ।

पुर्कोटका नेपाली काङ्ग्रेस सक्रिय नेता शिव शंकर रानाको आज निधन भएको छ।

लामो समय देखि बिरामी रहेका रानाको आज निधन भएको हो ।

राना पार्टीको राजनीति अलावा सामाजिक सेवामा सक्रिय व्यक्तित्व रहेका थिए ।बिद्यार्थी काल देखि नै नेबि संघको राजनितीमा रहेका राना भारतीय सेनामा हवलदार मेजरबाट रिटायर सगै सामाजिक क्षेत्रमा सक्रिय राना कर्मदा मा।बिका पुर्ब बिधालय ब्यबस्थापन समितिको अध्यक्ष रहेका थिए ।

स्वर्गीय रानाको आजै अन्तिम दाहसंस्कार समेत गरिएको छ । रानाको पार्थिव शरीरमा नेपाली काङ्ग्रेसका महासमिति सदस्य आनन्दराज त्रिपाठी र वडा ९ का सभापति गणेशमान श्रेष्ठले पार्टीका झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

सो अवसरमा स्वर्गीय रानाले राजनीतिक तथा सामाजिक क्षेत्रमा पुरयाएको योगदान अतुलनीय रहेको उनीहरुले बताएका थिए । स्वर्गीय राना नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीको मित समेत हुन ।

स्वर्गीय रानाको निधन प्रति पूर्वमन्त्री भण्डारीले गहिरो दुःख व्यक्त गरेका छन् । स्वर्गीय राना आफ्नो व्यक्तिगत र राजनीतिक जीवनको महत्वपूर्ण व्यक्ति भएको बताएका छन् । रानाको निधनले ठूलो क्षति बेर्होनु परेको भानु-९ का नेपाली काङ्ग्रेसका सचिब सुजन थपलियाले बताउनुभयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 980 Viewed

प्रतिक्रिया दिनुहोस्