भानु खवर ।
भानु नगरपालिकामा कोरोना संक्रमण बढेको छ । बैशाख ३० गते भानु स्थित पुरन्डिहि नगर अस्पतालमा २३ जना को पिसिआर परिक्षण भएकोमा ९ जनालाई कोरोना पोजेटिभ पुष्टि भएको हो ।


भानु नगरपालिका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईका अनुसार वडा नं १ मा ४८ बर्षका एक पुरुष तथा २९ बर्षकी एक महिला, वडा नं २ मा ४५ बर्षकी महिला , वडा नं ६ मा ४० बर्षका पुरुष तथा २३ बर्षकी महिला , वडा नं ८ मा ३५ बर्षकी महिला , वडा नं १२ मा ३५ बर्षकी महिला तथा ठेगाना नखुलेका ५२ बर्षिय एक पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

अन्तिम पटक अध्यावधिक गरिएको 855 Viewed

प्रतिक्रिया दिनुहोस्