
प्यास बोकेर आयौ रे बात के हो?
दीप बाल्दै निभायौ रे बात के हो?
मौनता बढ्न थाल्यो यो रातको जब,
धुन चुराको बजायौ रे बात के हो?
युद्ध यो प्रेमको लाग्यो क्या गजबको,
श्वासको गति बढायौ रे बात के हो?
उर्लदो भेल तृष्णाको चाहनाको,
सुन्छु डुब्दै डुबायौ रे बात के हो?
रोपियो जिन्दगीमा फूल सायद,
गमला झैँ मुस्कुरायौ रे बात के हो?
दीप मिलन
२४ भाद्र २०७७