एजेन्सी – जर्मन बुन्डेसलिगाको नयाँ सिजन आज (शुक्रबार) बाट सुरु हुँदैछ । नयाँ सिजनको पहिलो दिन एक खेलमा मात्रै प्रतिस्पर्धा हुनेछ ।

पहिलो दिनको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिखले घरेलु मैदानमा साल्केको आतिथ्यता गर्दैछ । खेल बायर्नको मैदान एलिएन्ज एरिनामा नेपाली समयअनुसार राति १२ः१५ बजे सुरु हुनेछ ।
च्याम्पियन बायर्न घरेलु मैदानमा साल्केलाई पराजित गर्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

साल्केविरुद्ध बायर्नका रोवर्ट लेवान्डोस्की मुख्य हतियार हुनेछन् । उनले अघिल्लो सिजन पनि ३१ खेलमा ३४ गोल गरेका थिए । उनलाई थोमस मुलर, लिरोए साने, सर्जी जिनाब्री, जोसुवा किम्मिच, अलफन्सो डाभिस, डेभिड अलवा, निकलस सुल र कप्तान म्यानुयल नोयरले साथ दिनेछन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 104 Viewed

प्रतिक्रिया दिनुहोस्