आँबुखैरेनी । तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई र सत्रसय बजार इकाईले संयुक्त रुपमा पत्रकार र प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।

आज बिहान एक कार्यक्रमकाबिच इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरीहरु र मेरो साथी एफ. एम. तथा आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकामा कार्यरत पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको आँबुखैरेनी बजार इकाईका सभापति दीपक कोइरालाले जानकारी दिनुभयो ।

कोरोना भाइरसको उच्च संक्रमणको अवस्थामा समेत आफ्नो कामलाई निरन्तरता दिएकोले प्रहरी र पत्रकारको स्वास्थ्य सुरक्षाको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको इकाईका सभापति कोइरालाले बताउनुभयो।

स्वास्थ्य सामाग्री अन्तर्गत माक्स, सेनिटाईजर, फेससिल्ड लगाएत हस्तान्तरण कार्यक्रममा आँबुखैरेनी बजार इकाईका पूर्व सभापति कृष्णमान तामाङ, सचिव काजी थापा, सदस्य सुरेन्द्र श्रेष्ठ, उदीप श्रेष्ठ, सत्रसय बजार इकाईका सभापति जमिल मिया, सचिव प्रेम तामाङ लगायतको उपस्थिति रहेको थियो।

अन्तिम पटक अध्यावधिक गरिएको 115 Viewed

प्रतिक्रिया दिनुहोस्