भानु खबर –
तनहुँको भानुमा ११ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ ।

तनहुँको भानु नगरपालिका भानु वडा न.४ स्थित चुदी तिलाहारमा ५२ जनाको स्वाव संकलन गरिएकोमा ११ जनामा पोजेटिभ देखिएको भानु नगरपालिका स्वाथ्या शाखाले जनाएको छ ।

पिसिआर र स्वाव संकलन गरिएकोमा ७ पुरुष र ४ महिला गरी ११ जना पोजेटिभ देखिएका हुन् ।
नगरपालिकाले दोश्रो पटक पिसिआर स्वाव संकलन गरेको हो । गत वैशाख ३० गते पुरन्डिही नगर अस्पतालमा गरिएको स्वाव परिक्षणमा ९ जनामा संक्रमण भेटिएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 464 Viewed

प्रतिक्रिया दिनुहोस्