तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले संविधान दिवसको अवसरमा सम्पुर्ण देशवासीहरुमा हार्दिक शुभकामना तथा लोकतन्त्र, गणतन्त्र र नयाँ संविधान प्राप्तिको आन्दोलनमा ज्यान उत्सर्ग गर्नुहुने महान शहीदहरुप्रति हार्दिक सम्मान र श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।


सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले फेसबुक मार्फत यस्तो सन्देश लेख्नुभएको छ।


हार्दिक शुभकामना 

“संविधान दिवसको अवसरमा सम्पुर्ण देशवासीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस एतिहासिक अवसरमा लोकतन्त्र, गणतन्त्र र नयाँ संविधान प्राप्तिको अान्दोलनमा ज्यान उत्सर्ग गर्नुहुने महान शहीदहरुप्रति हार्दिक सम्मान र श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाली जनताको दशकौ देखीको आन्दोलन, त्याग र बलिदानको प्रतिफल स्वरुप आज नेपाली जनताले अाफै लेखेको संविधान हामीले पाएका छौ । अहिले संविधान कार्यान्वयनको क्रममा छ । गणतन्त्रको उपलब्धिको रुपमा प्राप्त संविधानको पुर्ण कार्यान्वयन नै अहिलेको मुख्य कार्यभार हो । संविधानको कार्यान्वयनसँगै समाजबादको यात्रामा गई सुखी नेपाली समृद्ध नेपाल बनाउने अभिभारा पूरा गर्ने जनताले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता यस अवसरमा व्यक्त गर्दछु । अहिले देशमा कोभिड-१९ को जोखिम कायम नै रहेको अवस्थामा संविधान दिवसलाइ उल्लासमय रुपमा मनाउने हाम्रो इच्छा रहेपनि जोखिमबाट जोगिदै एक अापसमा शुभकामना आदान प्रदान गरि मनाउनुहुने छ भन्ने आशा गर्दै संविधान दिवसको अवसरमा पुन: शुभकामना व्यक्त गर्दछु ।”

कृष्णकुमार श्रेष्ठ किसान
प्रतिनिधि सभा सदस्य
तनहुँ क्षेत्र नम्बर १

अन्तिम पटक अध्यावधिक गरिएको 125 Viewed

प्रतिक्रिया दिनुहोस्