भानु खबर ।

माधव नेपाल पक्षकी निवर्तमान प्रतिनिधी सभा सदस्य कलिला खानले आफुलाई पार्टीले कारबाही गरेकोमा धन्यवाद व्यक्त गर्नु दिनुभएको छ ।


उहाँले सामाजिक सञ्जालमा फेसबुकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओललाई विस्वासको मत नदिएर कारबाही गरेकोमा धन्यवाद दिनुभएको हो ।

“प्रधानमन्त्रीलाई भोट नहालेको भनी कारबाही गर्नु भएकोमा धन्यवाद छ काम चलाउन प्रधानमन्त्री
ओलिले अझै १-२ लटलाई कार्वाही गर्न बाँकी छ।होला त्यस पछि एमाले ओलिको भारदारी सभामा परिणत हुने छ, जहाँ माथी खड्ग ओलि महाराजको सिंहासन हुने छन र तल उनको जयजयकार गर्ने उनका दासहरु मात्र बाँकी रहनेछन। त्यहाँ बिचार हैन हुकुमी शासन चल्ने छ। ओलिबाले जे बोल्छन त्यो पार्टीको निर्णय हुनेछ। आदेश पालकहरु जि हजुरी गर्दै शिर निहुराएर हात जोड्दै थरथर काँप्दै आदेश कुरेर बसिरहेका हुनेछन। त्यहाँ बिचार शुन्य हुनेछ, बहस हुने छैन केबल ओलिले आदेश दिनेछन, मालिकले जे आदेश दिन्छन दासहरुले त्यही बोल्नेछन, ताली पिट्नेछन।यो झन्झट बाट मुक्त भएकोमा केही गुनासो रति भर छैन”

अन्तिम पटक अध्यावधिक गरिएको 384 Viewed

प्रतिक्रिया दिनुहोस्