दिल कुमार श्रेष्ठ, दोहा । नेपाली राजदूतावास कतारको आयोजनामा  “राष्ट्रिय दिवस तथा    बिशेष संविधान दिवस” कार्यकम  सम्पन्न  भएको छ ।
दूतावासको सभाहलमा सनिवार सम्पन्न   कार्यक्रममा दूतावास परिवार तथा  कतारका नेपाली समाजका अगुवा एनआरएनए प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Image may contain: one or more people and indoor

उक्त अवसरमा  महामहिम राजदुत  डा. नारद नाथ भारद्वाजले नेपाली दाजुभाइ दिदीबहिनीलाई राष्ट्रिय दिवस तथा संविधान दिवसको शुभकामना दिएका थिए । उनले नेपालको संविधानमा समानता, स्वतन्त्रता, सम्मान र सबै नेपाली नागरिकको मानव अधिकार, बहु–भाषागत, बहु–धार्मिक, बहु–सांस्कृतिक र भौगोलिक विविधताका विशेष विशेषताहरूको गहिरो रहेको बताएका थिए । साथै  नेपाल सरकार अहिले निरन्तर शान्ति, प्रगति, सामाजिक न्याय, आर्थिक विकास र नेपाली जनताको समृद्धिका लागि लागि परेको खुशी ब्यक्त गरेका  थिए ।

Image may contain: 3 people, including Dil Kiran Khajum, people standing, text that says 'B Nepal National Day Ceremo September 2020 Nepal, Happy Nepa'

नेपालको संविधानले सबै नेपाली नागरिकको समानता, स्वतन्त्रता, गरिमा र मानबअधिकारको ग्यारेन्टी दिएको र देश बहुजातीय, बहुभाषि, बहुधार्मिक, बहु सांस्कृति र भौगोलिक दृष्टिले  विविध बिशेषताको मुल्य मान्यता का साथै सामाजिक आर्थिक र सांस्कृतिक विकासलाई बढावा दिएको बताएका थिए ।

दूतावास प्राङ्गणको सभाहलमा दिपप्रज्वलन गर्दै सुरुवात र केक काटेर समापन गरिएको कार्यक्रमको संचालन  ऋचा भट्टराईले गरेकी  थिईन ।

Image may contain: text that says 'NATIONAL DAY < OF NEPAL 2020'
Image may contain: 11 people, including Chanak Pokharel, Dil Kiran Khajum, Rajendra Kumar Sharma and Ambika Khatri, people standing and indoor
अन्तिम पटक अध्यावधिक गरिएको 123 Viewed

प्रतिक्रिया दिनुहोस्