– संविधानकोे रक्षार्थ जस्तो सुकै आन्दोलनमा जान पनि तयार

भानु खबर ।
तनहुँको भानु नगरपालिकामा रहेका ओली विपक्षी गठवन्धनका राजनीतिक दलहरुले आज एक संयुक्त प्रेस वक्तव्य जारी गरेका छन ।

मंगलबार संयुक्त रुपमा हस्ताक्षरित उक्त वक्तव्यमा प्रतिनिधी सभालाई मध्यरातमा विघटन गर्ने प्रधानमन्त्रीको ओलिको कदम असंवैधानिक अलोकतान्त्रीक , स्वच्छाचारी निरंकुश र प्रतिगमनकारी भएको भन्दै त्यसका विरुद्ध एकजुट भई लड्न तयार रहेको जनाइएको छ ।

साथै वक्तव्यमा नेपाली जनताको लामो आन्दोलन संघर्ष र वलिदानवाट स्थापित नेपालको संविधानमा अन्तर्निहित संघिय लोकतान्त्रीक गणतन्त्र समावेशी राज्य व्यवस्था एंव नेपालीको सर्वोपरि राष्ट्रिय हितको रक्षाका लागि दृढता पुर्वक उभिदै भानुमा क्रियाशिल सम्पुर्ण राजनितिक दल नागरिक समाज एवं आम जनसमुदायलाई सत्य र न्यायको पक्षमा अगाडी बढ्न आव्हान समेत गरिएको छ ।

यस्तो छ संयुक्त प्रेस वक्तव्य –

अन्तिम पटक अध्यावधिक गरिएको 186 Viewed

प्रतिक्रिया दिनुहोस्