तनहुँ ।

प्रेस युयियन तनहुँले स्थापना गरेको ‘‘नरहरी खनाल स्मृति पत्रकारिता पुरस्कार’’ वरिष्ठ पत्रकार सूर्यचन्द्र बस्नेतलाई प्रदान गरिने निर्णय भएको छ।

पुरस्कार छनोटको लागि प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीको अध्यक्षमा मङ्गलबार बसेको भर्चुअल बैठकले पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।स्वर्गिय शिक्षक खनालको स्मृतिमा उहाँको छोरा नेविसंघका पूर्व सहमहामन्त्री लक्ष्मीभक्त खनालले युनियनको कोषमा जम्मा रकमको व्याजबाट पुरस्कार प्रदान गरिने युनियनले जनाएको छ।

५ हजार ५ सय ५५ रुपियाँ नगद सहितको पुरस्कार प्रेस युनियन स्थापना दिवस जेठ १३ गते प्रदान गरिने भएपनि कोभिड- १९ को सङ्क्रमणको विषम परिस्थितीले गर्दा पछि सजह वातावरण भएपछि प्रदान गर्ने निर्णय भएको प्रेस युनियन तनहुँको सचिव प्रकाश अधिकारीले जानकारी दिए।

वरिष्ठ पत्रकार बस्नेत राष्ट्रिय समाचार समितिको कार्यकारी सम्पादक हुन्। प्रेस युनियन तनहुँको पूर्व अध्यक्ष समेत रहेका बस्नेतले तनहुँबाट नै पत्रकारिता शुरु गरेका थिए ।

प्रेस युनियन तनहुँले पहिलो पटक पुरस्कार वितरण कार्यको थालनी गरेको हो।

अन्तिम पटक अध्यावधिक गरिएको 125 Viewed

प्रतिक्रिया दिनुहोस्