भानु खबर ।

भंसार- दोश्रो चरणको खोप लगाउन भानुमा छुटेकालाई आगामी आईतबार र सोमबार (विहान १० बजे देखी दिउसो ४ बजे सम्म)दोस्रो डोज खोप लगाइने भएको छ ।


स्वास्थ्य कार्यालय तनहुँका अनुसार प्राथमिकतामा परेका अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वायंमसेविका, सुरक्षाकर्मी, कर्मचारी, ज्येष्ठ नागरिक, पत्रकारलगायतलाई यस्तो खोप दिइनेछ ।


कार्यालयले भानुको नारेश्वटार आधारभुत स्वास्थ्य केन्द्रमा यस्तो खोप दिने व्यवस्था मिलाएको छ ।खोप लगाउनका लागि स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क राख्न सकिने कार्यालयले जनाएको छ ।
खोप लगाउन भने पहिला मात्रा लगाएको खोप कार्ड अनिवार्य लिई सुरक्षाका मापदण्डहरु अपनाई खोप लिन अनुरोध गरेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 311 Viewed

प्रतिक्रिया दिनुहोस्