भानु खबर, भंसार ।
तनहुँको भानु नगरपालिकामा आज २४ जनामा कोरोना संक्रमित पुष्टी भएको छ ।


गत ११ गते (मंगलबार) भानु नगरपालिकाको वडा ९ स्थीत वडाकार्यलय (बाइसजाँगर)मा ४६ जनाको गरिएको पिसिआर स्वाव संकलन मध्य २४ जनामा कोरोना पोजेटिभ पुष्टी भएको भानु नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।


शाखाका अनुसार कोरोना संक्रमित हुनेमा नगरपालिकाको वडा एकमा ५ जना (४ (महिला÷एक (पुरुष), वडा दुईमा १ जना (महिला), वडा आठमा १० जना (८ पुरुष÷२ महिला), वडा नौमा ६ जना (३ महिला ÷३ पुरुष) र वडा दशमा २ जना (पुरुष) गरि नयाँ २२ जना र पुरानो २ जना (दोस्रो पटक टेस्ट)गरी २४ जनाको कोरोना पोजेटिभ पुष्टी भएको हो ।

यसअघि पनि भानुमा गत बैशाख ३० मा गरिएको परिक्षणमा ९ जना र ७ जेष्ठमा गरिएको परिक्षणमा ११ जनालाई पोजेटिभ पुष्टी भएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 389 Viewed

प्रतिक्रिया दिनुहोस्