प्रकाश अधिकारी,अमेरिका, गैह्र आवासीय नेपाल संघ (एनआरएनए) अमेरिकाको यहि मे २९ र ३० मा हुने चुनावको रौनक बढेको छ। चुनावको मिति नजिकिँदै जाँदा उम्मेदवारहरू अमेरिकामा बसोबास गर्ने नेपालीहरुको समाजमा आ आफ्नो चुनावी प्रचार प्रसार कार्यक्रमहरुलाई तिव्र गतिले अगाडी बढाएका छन्।

अध्यक्षमा चार जनाको उम्मेदवार रहेको छ। अध्यक्षका उम्मेदवार मध्ये नेपाली समाज अमेरिकामा प्रसिद्ध सामाजिक अभियन्ताको परिचय बनाउन सफल टेक्ससबासी कृण्ण लामिछानेको समुह बलियो रहेको छ। लामिछानेको समुहमा वरिष्ठ उपाध्यक्षमा कृण्णजिवि पन्थ, उपाध्यक्षमा विकास उप्रेती, प्रविन केसि, चन्द्र लामा र पूर्णचन्द्र बानियाँ रहेका छन्। त्यस्तै महिला उपाध्यक्षमा दीक्षा बस्नेत छिन्।

महासचिवमा विनोद भट्टको उम्मेदवारी रहेको छ, भने सचिवमा दोर्ण गौतम र महिला सचिवमा सुनिता कंडेल सापकोटा छिन्। त्यस्तै महिला संयोजकमा सुनिता खत्री रहेकी छिन्। त्यस्तैगरी सह कोषाध्यक्षमा बिकल ढकालले आफ्नो उम्मेदवारी दिएकाछन्, भने युवा संयोजकमा बिजय (ओम) गुरु १२ जना निर्वाचित हुने बोर्ड अफ डाइरेक्टरमा सबैजना अति नै लोकप्रिय उम्मेदवारहरूले उम्मेदवारी दिएकाछन्।बोर्ड अफ डाईरेक्टरको नामावली केही समयमा नै प्रकासित गरी आफ्नो पुरै समुहलाई निर्वाचित गराई निर्वाचन अघि गरिएका प्रतिबद्धताहरुलाई पुरागर्ने रणनीतिमा लामिछाने समुह रहेकाले उनीहरु यस सम्बन्धमा बिशेष चनाखो र गम्भीर भएको बुझिएको छ।

नेपालको गोरखा जिल्लाको नामजुङमा जन्मिएर काठमाडौ देखि अमेरिकालाई कर्मथलो बनाएका लामिछाने अमेरिका र मातृभूमीमा सुपरिचित वरिष्ठ सामाजिक अभियान्ता हुन्। अमेरिकामा रहेका नेपाली समुदायमा लामिछानेको अनुहारलाई एक समाजको सेवकको रुपमा चित्रित गरिन्छ। लामिछाने सरल मृदुभाषि, शालिन व्यक्तित्व उनको परिचय हो।

वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार कृण्णजिवि पन्थ अमेरिकाको नेपाली समाजमा उदाउदै गरेका चम्किला तारा हुन्। उनी दुखसुखमा परेका नेपालीहरुलाई सहयोगको हात फैलाउन किन्चित ढिला गर्दैनन्। त्यस्तै नेपाली अमेरिकन समाजमा आइपरेका हरेक समस्याहरूको तत्काल समाधान गर्ने सक्ने अब्बल क्षमताका धनी व्यक्ति हुन्।

त्यस्तै उपाध्यक्षका उम्मेदवार विकास उप्रेती युवाहरुको गहना नै हुन्। अर्का उपाध्यक्ष प्रविन केसी एक सफल ब्यबसायी र सामाजिक अभियन्ता हुन्। नेपाल र नेपालीहरुको गौरब चन्द्र लामाले समेत यो पटक उपाध्यमा आफ्नो स्थान सुरक्षित गरेकाछन्। उनी नेपालको राष्ट्रीय खेलाडी एवं खेल जगतका एक अमुल्य निधी हुन्। सामाजिक अभियानको अर्को नाम हो पुर्णचन्द्र बानियाँ निरन्तर यस यात्रामा जोडिएर काम गरेका एक अथक अभियन्ता हुन्। महिला उपाध्यक्ष दीक्षा बस्नेत नेपाली अमेरिकी समाजकी परिचित ब्यक्तिहुन्। उनी यस अभियानमा कृयासिल छिन्।

महासचिव पदका उम्मेदवार विनोद भट्ट शालिन र शिष्टता पुर्वक आफ्नो जिम्मेवारीलाई फत्य गर्नेसक्ने क्षमताका धनी ब्यक्तिहुन्। उनी जस्तोसुकै परिस्थितीमा पनि कहिकतै बिचलित नभइ विधि र विधानलाई आफ्नो आदर्श मान्दै अगाडी बढ्ने इच्छाशक्तिले भरिपूर्ण व्यक्तिहुन्। त्यसैगरी आईसिसी सदस्यहरुमा रबिन बज्रचार्य, अंमृत सापकोटा, उत्तम कार्की, सन्जय थापा, रामबाबु पाण्डे, महेन्द्र बस्नेत, जीवन कुमार जोशी, बिन्दु निरौला सापकोटा र प्रिति सागर खत्रीले उम्मेदवारी दिएकाछन्। उनीहरु सबै बिगतमा नेपाली समाजको बिभिन्न जिम्मेवारीहरु बहन गरेका बरिष्ठ समाजसेवीहरु हुन्।

गोरखा बारपार्क केन्द्रविन्दु बनाएर २०७२ सालमा गएको महाभूकम्पको बेलामा समेत लामिछानेले ठुलो आर्थिक सहयोग संकलन गरेर पठाएका थिए। शालिन व्यक्तित्वको परिचय बनाएका लामिछानेको जित सुनिश्चित रहेको अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका अग्रजहरु र मतदाताहरूले बताएका छन्। अमेरिकामा एनआरएनएमा २० हजार भन्दा बढी मतदाता रहेका छन्। निर्वाचनमा लामिछाने समुहले मात्रै ५५ प्रतिशत भन्दाबढी मत सहजै प्राप्त गर्ने स्वयं मतदानहरू र समर्थकहरु बताउँछन्।

त्यसैगरी वरिष्ठ उपाध्यक्षका उम्मेदवार पन्थ आफ्नो मातृभुमि प्रति सधै जिम्मेवारी पुर्वक काम गर्ने नेविसंघका पूर्व हुन्। पन्थले तनहुँ बृद्वा आश्रममा तातोपानी आउने सोलार जडान देखि, महाभूकम्प जादा होस् या बाढी पहिरो आउदा सधैं जिल्लामा सहयोग गर्ने देखि रूकुममा बालबालिकाको लागि होस्टेलको स्थापना र सल्यानमा प्रसुति गृहको स्थापनामा सहयोग गर्दै आईरहेका छन्।

कृष्ण लामिछाने समुहका उम्मेदवारहरू अमेरिकाको विभिन्न राज्यहरु र शहरहरुमा आफ्नो कार्यक्रमहरु लिएर गएका थिए। क्यालिफोर्नियाको सान् फ्रान्सिस्को र लस एन्जलस, स्याक्रामेन्टो, डेबिस, डि. सी. र भर्जिनिया, मेरिल्याण्डको बाल्टिमोर, न्यूयोर्क, पेल्सलभेनिया, कनेक्टिकेट, म्याचुचुचेष्ट, ,न्यूह्याम्सायर, कोलोराडो, ओहायो, मिचिगन, सिकागो, उईसकन्सस्, क्यान्सास, अक्लोहामा, टेनिसि, नर्थ क्यारोलिना, टेक्सासको डलास, ह्यूष्टन र अष्टिन, युटाहा, आयोहा, जर्जियाको एटलान्टा, न्युजर्सी, केन्टुकी, लगायत नेपालीहरूको बाक्लो बस्ती रहेको सानाठुला राज्यको शहरहरूमा सम्पन्न भएका कार्यक्रममा उपस्थित मानिसहरुको उपस्थितीले उनको समुहको जितलाई सुनिश्चित गरेको बताईन्छ।

No description available.

त्यस्ता विभिन्न भेटघाट, छलफल र कार्यक्रममा सहभागी मानिसहरु एनआरएनए अमेरिकामा भई रहेको यस्ता गतिबिधीहरुलाई तत्काल बन्द गर्नको लागी लामिछाने बाहेक अरुले नसक्ने ठोकुवा नै गर्दछन्।

सामाजिक भावनाबाट ओतप्रोत हुँदै सधैं प्रवासमा रहेको नेपाली समाज र मातृभूमिको सेवामा समर्पित रहिरहने
यी अब्बल सामाजिक अभियान्ताहरूको सुधार र गतिशिलताको यो अभियानलाई सिंगो अमेरिकामा रहेका नेपाली समुदायका सदस्यहरुले साथ, समर्थन, विश्वास र भरोसा सहित मतदान गर्ने बिश्लेशकहरु बताउछन्।

यस पुर्व हुने गरेको चुनावहरुलाई पनि अति नजिकबाट हेरेका मानिसहरु अहिले लामिछानेको अग्रसरताले सबै उम्मेदवारहरुलाई निराश बनाएको बताउछन्। उनीहरु लामिछानेको उम्मेदवारी नै उनको जित भएको र यतिधेरै मानिसहरुको सहयोग र समर्थनका कारण खाली औपचारिकताको निम्ति निर्वाचनको परिणाम पर्खनु पर्ने तर्क गर्दछन्।

No description available.

अध्यक्ष उम्मेदवार लामिछानेको समुहलाई एनआरएनए आईसीसी सल्लाहकार, नेपाली कांग्रेसका महासमिति सदस्य तथा शालिन र भद्र युवानेता हरिबोल भण्डारी, आईसीसी सचिव गौरीराज जोशी, अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी, अमेरिकाज् क्षेत्रका महिला क्षेत्रीय संयोजक उमा कार्की थापा, नेपाली कॉंग्रेसका नेता बुद्धि प्रसाद लामिछाने, एनआरएनए अभियन्ताहरु डा. अम्बिका अधिकारी, शिब राई, दिल श्रेष्ठ, रतन झा, लोक तिवारी, इश्वरी प्रसाद भट्टराई, प्रेम कुमार श्रेष्ठ, बेदराज बस्नेत, पुरुशोत्तम बोहोरा, मणि नेपाली पनेरु, प्रकास सापकोटा, सबु सापकोटा, डा. बिष्णुमायॉं परियार, जनसम्पर्क समितिका पूर्व संयोजक एवं नेपाली कॉंग्रेसका सहासमिति सदस्य बिष्णु सुवेदी छन्।

No description available.

त्यस्तै नेपाल बिद्यार्थी संघका पुर्व कोषाध्यक्ष मुकुन्द ढुङ्गाना, नेपाली जनसम्पर्क समिति एवं नेपाली कांग्रेसका नेताहरू विनोद मुक्तान, पियुस दाहाल, बन्धु प्रसाई, र चन्द्रकान्त घिताल, शिब ढकाल, हरी भट्ट, भगवान मैनाली, ईश्वर सापकोटा, हरिहर दाहाल, प्रतिक पाण्डे, गोकुल ढकाल, नबिन कुमार पोखरेल, मदन पाठक, अनन्तराज सुबेदी, हरी प्रसाद ढकाल, मुक्ति रेग्मी, नेपाली कॉंग्रेसका महाधिवेशन प्रतिनिधी एवं प्रखर तथा स्पष्ट बक्ता हेमराज भट्ट, जनसम्पर्क समितिका नेता तथा नेपाली कॉंग्रेसका महाधिवेशन प्रतिनिधी साथै स्पष्ट बक्ता प्रमोद सिटौला लगाएत अमेरिकाभर बसोबास गर्ने अधिकांस नेपालीहरुको साथ सहयोग र समर्थन रहेको छ।

No description available.

त्यस्तै अमेरिकामा नेपाली समुदायको बसोबासको केन्द्र बन्दै गरेको टेक्सासको डलास, ह्युष्टन र अष्टिन शहरका नेपाली समाजका मुर्धन्य व्यक्तित्वहरु डा. मुरली अधिकारी, शैलेस आचार्य, तारा बराल, भुवन आचार्य, विजयराज भट्टराई , विनय अर्याल, धनन्जय ढकाल, प्रेम पाठक, बिरासराज न्यौपाने, माला महत, सुरेश पोखरेल, बाल जोशी, बासु भण्डारी, कपिल अधिकारी, अच्युत थापा, नारायण पुरी लगायत सम्पुर्ण टेक्सासबासी नेपालीहरुको पनि उच्च साथ र समर्थन लामिछानेलाई नै रहेको पाईन्छ।

No description available.

आफ्नो समुहको बिजय लगत्तै कोरोना कहरले थिलथिल बनाएको मातृभूमीमा सहयोगको निम्ति अमेरिकामा रहेका सिंगो नेपाली समाज र यहॉंको स्थानीय र केन्द्रीय सरोकारवाला निकायहरुमा एनआरएनए अमेरिका मार्फत लामिछाने कामहरु थाल्ने बिश्वासमा मतदाताहरु र समुदाय सदस्यहरु ढुक्क छन्।

No description available.


अन्तिम पटक अध्यावधिक गरिएको 219 Viewed

प्रतिक्रिया दिनुहोस्