-सिताराम थापा

प्रिय,
लेउ त्यो भित्तामा झुन्ड्याइराखेको क्यामरा ,
खिच्नु छ एउटा फोटो
भोका र नाङा पेटहरुको
र पोस्ट्याउनु छु अखबारको आवरण पृष्ठमा
जो ,
सधै छेकिन्छन राहतका लाइनहरुमा
ठुला भुँडी , काला कोट ,
सडकमा शासकका मर्सिडिज , प्राडो र ल्यान्ड्कुजरको छायाले,
र सिफन, जर्जेट र नाइलन साडिका सप्काले
अनि
सधै छुट्छन रास्टिय तथ्यांकको अन्क र
मानबअधिकार प्रतिबेदनका हरफहरुमा ।।
प्रिय,
लेउ त्यो दौरामा बेरेको कलम
लेख्नु छ एउटा कथा
परदेशिएका टाउका र बेचिएका सपनाहरुको ,
र छपाउनु छ उनिहरुकै नाममा एउटा सङ्ग्रह
जो
सधै गनिन्छन अर्थतन्त्रको मुलआधार ,
चुनावी घोषणापत्र ,पत्रकारका स्तम्भ ,
गायकका गीत र कविका कविताहरुमा
तर
सधै छुट्छन सहुलियत राहत र
नागरिक नैसर्गिक अधिकारका कित्ताहरुमा ।
प्रिय ,
लेउ त्यो दलिनमा घुसारी राखेको पुरानो बन्दुक ,
जो थन्किएको छ बर्शौ देखि
शान्ति सम्झौता पश्चात् ।
अब फेरि
पड्काउनु एउटा ठुलो आवाज ,
कान भएर बैरा हुनेहरुको कानै नजिक,
आँखा भएर अन्धाभएकाहरुको आखै अगाडि ,
मुख भएर नबोल्नेहरुको मुखै सामु ,
जो सधै सुन्छन , सुनिरहन्छन तर बोल्दैनन
हेर्छन ,हेरिरहन्छन तर कुनै प्रतिकृया दिदैनन ।
धन्यवाद

अन्तिम पटक अध्यावधिक गरिएको 239 Viewed

प्रतिक्रिया दिनुहोस्