भानु खबर ।
नेबिसघ भानु नगरपालिकाले मृगौला पिडीत सुमन नेपालीलाई आर्थिक सहयोग गरेको छ ।

तनहुँ जिल्ला भानु नगरपालिका वडा नं १० चोकचिसापानी (सिमल चौर) निवासी सुमन नेपालीको दुवै मिर्गौला फेल भएपछि हाल पोखरा स्थीत चरक मेमोरियल हस्पिटलको भेन्टिलेटरमा उपचार भएको र दैनिकी रुपमा डाईलेसिस गर्नुका साथै दुबै मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकाले नेपालीलाई नेबिसंघ भानुले रु ५००० सहयोग गरेको हो ।

घरको आर्थिक अबस्था कम्जोर रहेकोले उपचारमा धेरै रकम लाग्ने भएकाले सहयोग गरि दिनका लागी पनि नेबि संघ भानुका सभापति सुजन थपलियाले सम्पुर्ण सँग आग्रह समेत गर्नु भएको छ ।

सभापति थपलियाले सुमनको श्रीमती अर्चना लम्साललाई E Sewa Id- 9813513600 bank account name :-Ram Bahadur dulal ,account number :-13020100533089000001 Muktinath bank limited खातामा उक्त रकम पठाएको जानकारी दिनुभयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 196 Viewed

प्रतिक्रिया दिनुहोस्