नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य तथा तरूण विभाग प्रमुख शंकर भण्डारीले आफ्ना पार्टीका कार्यकर्ता र उक्त क्षेत्रका तरूण दललाई बाढीपहिरो ठाउमा उद्वार कार्यमा जुट्न र सहयोग गर्ने निर्देशन दिएका छन्।

पूर्वमन्त्री समेत रहेका भण्डारीले प्रभावित क्षेत्रमा उद्धार र राहतको काम युद्धस्तरमा गर्न सरकारलाई समेत आग्रह गरेका छन्।

बाढीपहिरोबाट सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, कास्की, गोरखा जिल्ला लगायतका स्थानमा बाढी पहिरोले जनधनको ठुलो क्षति भएको प्रति दुख व्यक्त गर्दै युद्धस्तरमा काम गर्न सरकारलाई आग्रह गरेका छन्। यो संकटमा सबै एकजुट भएर उद्वार र राहत कार्य जुटाउन लाग्नुपर्ने नेता भण्डारीले कार्यकर्तालाई आव्हान गरेका छन।

अन्तिम पटक अध्यावधिक गरिएको 133 Viewed

प्रतिक्रिया दिनुहोस्