सर्मिला बि.क
भानु खबर , बन्दिपुर ।
पवित्रा माध्यमिक विधालयले विधुतिय माध्यम अनलाइनबाट श्रवण ६ गते देखि कक्षा सन्चालन गर्ने भएको छ ।

कोरोना भाइरसको कारण भौतिक रुपमा विधार्थिको उपस्थिति गराइ पठनपाठन गर्न सक्ने अवस्था नरहेकोले विधालयले कक्षा १-१० सम्मका विधार्थिलाई अनलाइन मार्फत पढाउने निर्णय गरेको हो ।
विधालयमा विपन्न वर्गका विधार्थिहरु पनि रहेकाले नेट र मोबाइलको पहिच नहुदा पनि अनलाइन शिक्षणमा समस्या हुने अभिभावकहरुको भनाइ रहेको विधालयका प्र. अ रघुनाथ पन्डितले बताए ।
केहि समय विधालयले अनलाइन कक्षा सन्चालन गर्ने र केहि समय पछि अनलाइन कक्षा प्रभावकारि भए नभएको र सम्पुर्ण विधार्थिहरु समेटिएका छन कि छैनन् भन्ने कुरामा आधारित रहि शिक्षकहरुको समिक्षा बैठक बस्ने प्र. अ पन्डितले बताए ।

विधालयले अनलाइन कक्षाको तालिका पनि विधालयको फेसबुक पेजमा राखेको छ । फेसबुक पेजमा हेरि सम्बन्धित विषयको शिक्षकसंग सम्पर्क गरि जुमको ID र PW लिएर कक्षामा जोडिन विधालयले सम्पुर्ण विधार्थि र अभिभावकमा अनुरोध गरेको छ ।

यस्तै बालबिकास,नर्सरि र के.जि कक्षाको अनलाइन कक्षा सम्भव नहुने हुदा साप्ताहिक रुपमा गृहकार्य दिने र परिक्षण गर्ने गरि पठनपाठन हुने भएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 172 Viewed

प्रतिक्रिया दिनुहोस्