प्रकाश अधिकारी , दमौली ।

नेपाली कांग्रेसको चौधौं महाधिवेशनलाई लिएर तनहुँमा सरगर्मी बढेको छ। ६ गाउपालिका र ४ नगरपालिका रहेको तनहुँमा सदरमुकाममा रहेको व्यास नगरको चुनाबी प्रचार अन्य स्थानिय तहको भन्दा अगाडि बढेको छ। अझै केहि जिल्लाको क्रियाशील सदस्यको विवाद भइरहेको हुदा महाधिवेशन वडा तह देखिको मिति हप्ता दिनै पछाडि सर्छ कि भन्ने अड्कल भइरहेको भए पनि व्यास नगरमा आंकाक्षीहरू प्रचारप्रसार र भेटघाटमा तिव्र रूपले लागेका छन्।

आकांक्षी मध्ये व्यास नगरको वर्तमान सहसचिव रहेका डम्बरबहादुर अधिकारीले पनि आफ्नो भेटघाट, छलफल र प्रचारप्रसार तिव्र रूपले अगाडि बढाएका छन्। एकथरी मस्त कोठे बैठकमा रमाइ रहदा अधिकारी भने पुराना नेताहरूको सम्मान र कार्यकर्ताको संरक्षण गर्ने मेरो पहिलो प्राथमिकता भन्दै वडा वडामा भेटघाट अगाडि बढाइरहेका छन्।अधिकारी बाहेक सुर्यचन्द्र हड्खले,तुलसी सापकोटा,मोहनकुमार श्रेष्ठ,चुडामणी दाहाल,देवकुमार श्रेष्ठ र यक्ष खनाल लगायत पनि आकांक्षी रहेका छन्।

अधिकारीले युवाहरूको ऊर्जावान शक्तिलाई साथमा लिदै सबै थरीका कांग्रेसजन क्रियाशीललाइ अगाडि बढाइरहेका छन्। सभापति उम्मेदवार अधिकारीले महाधिवेशन तोकिएकै मितिमा हुने भयो भने केही दिनमा वृहत् रूपमा आफ्नो उम्मेदवारी आधिकारिक रूपमा घोषणा गर्ने तयारी गरेका छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 161 Viewed

प्रतिक्रिया दिनुहोस्