भानु खबर ।
नेकपा (माओवादी केन्द्र) भानु नगर समितिले पार्टीका सबै वडामा संगठन पुनर्गठनको कामलाई तिव्रता दिएको छ ।
नेकपा माओवादी केन्द्र प्रदेश समिति सदस्य एवं भानु इन्चार्ज ओम कुमारी पौडेलका अनुसार हाल सम्म भानु वडा १,३ र १० मा संगठन पुनर्गठन भएको र अन्य वडाहरुमा भने यसै महिना भित्रमा सम्पन गर्ने पौडेलले जानकारी दिनुभयो ।

केन्द्रको गत विहिबार नेकपा (माओवादी केन्द्र) भानु नपा वडा ३ को अध्यक्षमा तुरतुरे क्षेत्रका प्रतिष्ठित अगुवा युवा व्यवसायी रमेश कुमार श्रेष्ठ र सचिवमा नारायण राना सहित २१ सदस्यीय वडा समितिमा चयान भएका छन भने वडा १ मा बलराम पौडेल अध्यक्ष र देउ कुमार श्रेष्ठ सचिव साथै वडा न १० मा मोहनिधी तिवारी अध्यक्ष र वि एन लोहनी सचिव सहित दुईवटै वडामा २१/२१ सदस्यीय वडा समिति गठन गरिएको पौडेलले जानकारी दिनुभयो ।

पौडेलले भानु नगरपालिका १३ वटै वडामा रहेका विभिन्न तहका जिम्मेवार कमरेडहरूको क्रियशिलतामा सबै वडामा वडा समिति र मुख्य/ मुख्य जवस निर्माणको काम संचालन गरि रहेको र यसै महिना भित्रमा समिती पुनर्गठनको काम पनि सम्पन्न गर्ने समय तालिका सहित अगाडि बढेको जानकारी दिनुभयो ।

भानु माओवादी केन्द्र भाद्रको पहिलो साता वाईसेल सम्मेलनमा जुट्दै गरेको र पार्टी केन्द्रबाट जारी परिपत्र र जिल्लाको बैठकको निर्णय अनुरुप अभियान संचालन गरेको हुदा माओवादी केन्द्र भानुले आम न्यायप्रेमी जनसमुदाय युवापंक्ति र साधारण सदस्य सम्मलाई पुन एक पटक हरेक टोल टोलमा संगठनमा जोडिन साथै परिवर्तनको पक्षमा उभिन समेत पौडेलले अनुरोध गर्नुभएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 396 Viewed

प्रतिक्रिया दिनुहोस्