भानु खबर ।
नेकपा (माओवादी केन्द्र) भानु नगर समिति अन्तर्गत वडा न ८ ले शनिबार कार्यकर्ता भेला सम्पन गरेको छ ।
भेलाले तिलाराम ढकालको अध्यक्षतामा साथै समाजसेवी बुद्दिजिवि दलित आन्दोलनका अगुवा रामलाल सेन्च्युरी सचिव रहेको २१ सदस्यीय वडा समिती गठन गरेको नेकपा माओवादी केन्द्र प्रदेश समिति सदस्य एवं भानु इन्चार्ज ओम कुमारी पौडेलले जानकारी दिनु भयो ।

पौडेलले यस महत्वपुर्ण घडीमा पार्टी आन्दोलनको गरिमामय नेतृत्व गर्नुहुने सवै अग्रज कमरेडहरुलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गनुभयो ।

हाल सम्म भानुको १३ वडा मध्य १,३,८ र १० मा संगठन पुनर्गठन भएको र अन्य वडाहरुमा भने चाडैनै सम्पन गर्ने समेत पौडेलले जानकारी दिनुभयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 350 Viewed

प्रतिक्रिया दिनुहोस्