भानु खबर
नेकपा (माओवादी केन्द्र)भानु नगर समिति वडा न ९ को अगुवा कार्यकर्ता भेला हिजो (सोमबार)दिन सम्पन भएको छ ।

भेलाले माओवादी आन्दोलनका स्थापित व्यक्तित्व नेता सरोज कुमार श्रेष्ठको अध्यक्षता साथै खलेन्द्र थापा सचिव रहने गरि २१ सदस्यीय वडा समिति पुनर्गठन समेत गरेको छ ।

भेलामा केन्द्रका नगर समिति सचिव सिताराम अधिकारिले जिम्मेवारी प्राप्त सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

हाल सम्म केन्द्रले भानुमा १,३,८,९ र १० मा समिति पुनर्गठन गरेसकेको छ भने अन्य वडामा गठनको तयारी भईरहेको नगरसमिति सचिव सिताराम अधिकारि,दुर्गा रावत लगायतले जानकारी दिनुभयो

अन्तिम पटक अध्यावधिक गरिएको 340 Viewed

प्रतिक्रिया दिनुहोस्