लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ भुस्मे नजिकै कालिमाटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

मस्र्याङदी गाउँपालिका वडा नं. ९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको बोलेरो जिप बिहीबार विहान साँढे १० बजेतिर दुर्घटना भएको हो । 

गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइते ६ जनालाई स्थानीय, प्रहरीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याएका छन् ।

विहान साँढे १० बजेतिर दुर्घटना भएको हो । 

अन्तिम पटक अध्यावधिक गरिएको 82 Viewed

प्रतिक्रिया दिनुहोस्