तनहुँ -नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीको पहलमा तनहुँमा विद्युतीय राहदानी (ई-पासपोर्ट)सेवा शुरू भएको छ।

राहदानी विभागले ठुला जिल्लाहरूबाट शुरू गरेको यो सेवा गण्डकी प्रदेशमा कास्कीमा मात्र सेवा प्रवाह गरेको थियो।पूर्वमन्त्री भण्डारीले पराराष्ट्र मन्त्री केहि दिन अगाडि भेट गरि तनहुँमा ई-पासपोर्ट सेवा शुरू गरिदिन आग्रह गरेका थिए।
तनहुँका साहयक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रैले जानकारी दिएअनुसार केहि दिन यस सम्बन्धी तालिम भएर शुक्रवारबाट उक्त सेवा शुरू भएको जानकारी दिए।दैनिक १५ वटा ई-पासपोर्ट बनाउने र केहि हप्तापछि ३५/४० वटा सम्म बनाउन सकिने सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए।यो फर्म भरेको १५ दिनपछि जिल्लाबाटै पासपोर्ट लिन सकिन्छ।

ई-पासपोर्ट लागू भएपछि पासपोर्ट दुरुपयोगको समस्यालाई सम्बोधन गर्ने अपेक्षा छ, किनभने यसमा इलेक्ट्रोनिक डाटामा बायोमेटि्रक राखिएको हुन्छ ।त्यसैकारण अहिले जस्तो अर्काको नाममा जारी भएको पासपोर्ट बोकेर उड्ने समस्या समाधान गर्ने अपेक्षा सरकारको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 214 Viewed

प्रतिक्रिया दिनुहोस्