प्रकाश अधिकारी
दमौली -वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसगै सम्भावित उम्मेदवारको विषयलाई लिएर चर्चा परिचर्चा हुन थालेको छ ।

यसैक्रममा तनहुँको व्यास नगरपालिकामा समेत भावी नगरप्रमुखको विषयलाई लिएर विभिन्न चर्चा परिचर्चा हुन थालेको छ । चर्चा परिचर्चा हुने क्रममा व्यास नगरपालिकामा वर्तमान बैकुण्ठ न्यौपाने ,जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , नगर उपप्रमुख मिरा जोशी, नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठ , सचिव लक्ष्मीभक्त खनाल ,नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य विश्व वास्तोला,जिल्ला सदस्य डम्बर अधिकारी,महाधिवेशन प्रतिनिधी अशोककुमार श्रेष्ठको नाम बढी चर्चामा रहेको छ।

त्यस्तै पार्टीको कार्वाहीमा परेका पूर्व सह-महामन्त्री गोविन्दराज जोशीको पुत्र दीपकराज जोशीले समेत व्यास नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी घोषणा गरेका छन।

त्यस्तै तनहुँकै शुक्लागण्डकी नगरपालिकामा कांग्रेसको तर्फबाट प्राडा कृष्णप्रसाद गौतम , वर्तमान नगर प्रमुख किसान गुरुङ, कृष्ण पण्डित ,महेश्वर भट्राराई ,हरि वाग्ले ,माधव भट्राई नगरप्रमुखको दाबेदारका रुपमा रहेका छन् ।

भानु नगरपालिकामा भने पार्टीका वर्तमान सचिव सहदेव अधिकारी,पूर्व लक्ष्मी आचार्य,महासमिति सदस्य आनन्द त्रिपाठी ,क्षेत्रीय सभापति श्यामकुमार मौरती ,वर्तमान नगर उपप्रमुख आशा थापा र भानुको उपसभापति राजन श्रेष्ठको नाम नगरप्रमुखमा बढी चर्चामा रहेको छ।

त्यसैगरी भिमाद नगरपालिकामा भने क्षेत्रीय सभापति चुडामणि खनाल ,जिल्ला सहसचिव मिलन आले, महिला नेतृ इन्दिरा खनाल,वडा न.६ का वडा अध्यक्ष श्यामसुन्दर जोशी,नगर सभापति अरबिन श्रेष्ठ लगायतको नाम नगरप्रमुखमा बढी चर्चा रहेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 1092 Viewed

प्रतिक्रिया दिनुहोस्