दोहा- कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन व्यतित गरेका २१ नेपालीहरूलाई कतार सरकारले आम माफी (क्षमादान) दिने भएको छ ।

नेपाली राजदूतावास कतारको आज प्रकाशित सुचना अनुसार इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन व्यतित गरेका २१ नेपालीलाई आम माफी (क्षमादान) दिएका हुन ।

आम माफी (क्षमादान) पाउनेहरुमा यौनजन्य क्रियाकलापमा ३, चोरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्रिवितरणमा २ र आर्थिक हिनामिनामा ५ जना कसुरदार ठहरी सजाय भोगिरहेका लगायत छन

अन्तिम पटक अध्यावधिक गरिएको 73 Viewed

प्रतिक्रिया दिनुहोस्