भानु ।
भानु नगरपालिकामा कांग्रेसले स्थानीय तह निर्वाचनमा चुनाव खर्चा कम , प्रचार प्रसार धेरै गर्ने बताएको छ ।


नगर सभापति रामकुमार श्रेष्ठको सभापतित्वमा भानुमा बसेको आजको बैठकमा पार्टी क्षेत्रीय सभापति श्याम मौरतीले पछिल्लो चुनावमा प्रचार प्रसार साथै अनुगमन राम्रो नभएका र धेरै कमी कमजोरी भएकाले हाललाई भने सम्बन्धीत वडाका नेता कार्यकर्ताहरुले आ–आफ्नो वडाबाट चुनाब प्रचारमा अल्लि जोड दिन आग्रह गरका हुन ।

उनले भानुमा नेपाली कांग्रेसले चुनाव जसरी पनि जित्नु पर्ने बताउदै ,मेयर र उपमेयरको पछि १०/१५ जना प्रचार प्रसारमा हिड्ने र खर्चा घटाउने (कम गर्ने) र प्रचार प्रचार बढाउन आग्रह गरे ।
उनले उम्मेदवारलाई सबैले खर्चा र प्रचारमा सहयोग गरि अगाडी बढ्न सुझाब दिएका छन ।

बैठकमा पार्टीका नगर प्रमुख उम्मेदवार आनन्दराज त्रिपाठी तथा पार्टी क्षेत्रीय सभापति श्याम मौरति लगायत कांग्रेस कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 237 Viewed

प्रतिक्रिया दिनुहोस्