
भानु खबर ।
माओवादी केन्द्र भानु नपाका मेयरर उपमेयर उम्मेदवार सिताराम अधिकारी र ओम कुमारी पौडेल चुनाव प्रचार प्रसार टिम सहित घनिभुत रुपमा जनताको घरदैलोमा पुगेका छन ।
उनीहरुले घरदैलो कार्यक्रमा पुग्दा भानुमा मतदाता माओबादी केन्द्रप्रति उत्साहित भएको बताए ।
माओवादी केन्द्रले भानुका जनताको मन जितेको छ हामी सबै जनताको घर दैलोमा पुगेको छौ आशा छ अबस्य पनि उहाँहरुले हाम्रो टिमलाई स्थानिय चुनावमा जिताउनु हुनेछ भन्ने ।
पौडेलले आफुले जिवनका २० औ वर्ष सामाजिक र राजनितीमा काम गरेको अनुभवलाई भानुमा केही गर्नु पर्छ भन्ने आशाका साथ चुनावमा उठेको बताईन ।
पौडेलले शिक्षा र राजनितीको ज्ञान भएकै कारणले भानुका जनताको सामु परिचित छिन, भानुमा माओवादी पाटि राम्रो स्थापित पाटि समेत भएकाले आगामी स्थानिय चुनावमा सबैले माओवादी केन्द्रका टिमलाई मतदान गर्नु हुनेछ भन्ने ढुक्क रहेको उनले भनिन ।
उनले आफु जनप्रतिनिधी अहिले सम्म नरहे पनि जनताको काममा र विकाशको काममा भने निरन्तर लागी रहेको बताईन ।



