निराज रानाभाट , मकवानपुर : स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता चौथो संस्करण – २०७९ , मकवानपुर अन्तर्गत जेठ २२ गते , अाइतबार ( अाज ) एपिएफ फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । एपीएफले फ्रेन्ड्स क्लबलाई ३ – ० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पिप्ले – क्याम्पा रंगशालामा अाइतबार ( आज ) भएकाे खेलको २९ औं मिनटमा नविन लामाको पेनाल्टी गोलबाट एपिएफले खेलमा अग्रता बनाएको थियो। खेलको ७७औं मिनटमा सबिन गुरुङले बक्स भित्रबाट पोष्टको दाँया कुना च्याप्दै सटिक रुपमा विभागीय टोलीका लागि दोस्रो गोल गरेका थिए ।

त्यस्तै , खेलको अन्तिमतिर इन्जुरी समयमा रबि थिंगले एपिएफका लागि तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । बक्स नजिकैबाट उनले गरेको प्रहार फ्रेण्डसका गोलरक्षकले बचाउ गर्ने क्रममा बलले गोलपोष्टको जाली चुमेको थियो।

खेलमा एपिएफका प्रदिप लामा म्यान अफ द म्याच घोषित भए। उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारेका थिए।

जेठ २१ गते , शनिबारका लागि तय भएकाे याे खेल वर्षाका कारण मैदान चिसाे भएकाले अाइतबार ( आज ) सञ्चालन गरिएकाे हाे।

प्रतियोगिता अन्तरगत आइतबार ( अाज ) नै दिउँसो ०३:०० बजे , दोस्रो खेलमा नेपाल पुलिस क्लब र खुमलटार युथ क्लब भिड्ने आयोजकले जानकारी दिएकाे छ।

त्यस्तै , प्रतियोगिताको विजेताले नगद १५ लाख तथा उप – विजेतालाई १० लाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 71 Viewed

प्रतिक्रिया दिनुहोस्