दमौली – सरकारले संघीय संसदको निर्वाचनको मिति घोषणा नगर्दै काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बन्ने हुटहुटी जागेको छ ।

प्रधानमन्त्री बन्ने हुटहुटी जागेका वरिष्ठ नेता पौडेलले आफू निकटका व्यक्तिहरुलाई तनहुँ क्षेत्र नं १ बाट उम्मेदवार बन्ने आफू उम्मेदवार बन्ने विषय खुलेरै बताउन थालेका छन् । निर्वाचन लड्ने मनस्थितीमा रहेका वरिष्ठ नेता पौडेलले गृह जिल्ला आगमनलाई बाक्लो बनाउनुका साथै कार्यकर्तासंग भेटघाट कार्र्यलाई तीब्र ढंगले अगाडि बढाई रहेका समेत छन् ।तर वरिष्ठ नेता पौडेल जुन निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न खोजि रहेका छन् । त्यहि निर्वाचन क्षेत्रमा उनको धरातल अत्यन्त कमजोर रहेको छ । अहिलेको अवस्थामा वरिष्ठ नेता पौडेल चुनावी मैदानमा उत्रिएको खण्डमा २०७४को निर्वाचनमा पौडेलले जुन नियती भोगेका थिए ।अहिले पनि त्यहि नियती दोहोरिने निश्चित छ । वरिष्ठ नेता पौडेल २०७४ को संसदीय निर्वाचनमा तत्कालिन वाम गठबन्धनका उम्मेदवार एवं हालका श्रममन्त्री कृष्णकुमार श्रेष्ठ संग ६ हजार ८ सय १४ मतको अन्तरले पराजित भएका थिए । श्रेष्ठले ३४ हजार ४सय ८९ मत ल्याएका थिए भने वरिष्ठ नेता पौडेलले २७ हजार ६ सय ७५ मत ल्याएका थिए ।

यस कारण अहिले पनि कमजोर छन् पौडेल

हालै सम्पन्न स्थानीय तह निर्वाचनको नतिजाले पनि वरिष्ठ नेता पौडेल तनहुँ क्षेत्र नं १ मा कमजोर देखिएका छन् । पौडेलको गृह नगर व्यास नगरपालिकामा कांग्रेसका उम्मेदवार बैकुण्ठ न्यौपाने २ सय ५२ मतान्तरले विजयी भएका छन् । न्यौपानेले जुन मतले विजयी भएका छन् पौडेल उम्मेदवार बन्दा उक्त मत समेत पौडेलको पक्षमा खस्ने देखिदैन । व्यासका अलावा यसअगाडि कांग्रेसले जितेको आँबुखैरेनी गाउँपालिकामा कांग्रेसले यसपटकको स्थानीय तह निर्वाचन गुमाएको छ । आँबुखैरेनी गुमाउँदै गर्दा कांग्रेसलाई ठूलो क्षति पुगेको छ । त्यस्तै बन्दिपुरमा समेत कांग्रेस कमजोर अवस्थामा रहेको छ । भानु नगरपालिका कांग्रेसले जितेको भएपनि पार्टीका पूर्व सह—महामन्त्री गोविन्दराज जोशीको गृह नगर भएको हुँदा पौडेलको भन्दा जोशीको प्रभाव पर्ने निश्चित छ ।

जोशी मैदानमा उत्रन तयारी अवस्थामा

अघिल्लो पटक उम्मेदवारी रद्ध हुन पुगेका कांग्रेसका पूर्व सह—महामन्त्री जोशी यस पटक पुनः उम्मेदवारी बन्ने तयारीमा रहेका छन् । तर अघिल्लो पटक जोशीको उम्मेदवारी रद्ध भएको हुँदा यसपटकको उनको उम्मेदवारी रद्ध हुने धेरैको अनुमान रहेको छ ।जोशीको उम्मेदवारी रद्ध हुने अवस्था आएमा जोशीले अन्य बलियो उम्मेदवारलाई मैदानमा उतार्ने योजना बनाएका छन् ।

मतदाताका माँझ अलोकप्रिय

वरिष्ठ नेता पौडेलले तनहुँ क्षेत्र नं १ बाट उम्मेदवार बन्ने चाहना राखेपनि उनी मतदाताका माँझ अलोकप्रिय रहेका छन् । पदमा रहँदा जिल्लाको विकास निर्माण र जिल्लाबासीलाई रोजगारी दिलाउने विषयमा ध्यान नदिएको भन्दै मतदाताहरुले उनको आलोचना गर्ने गरेका छन् । पौडेल यस पटक उम्मेदवार बनेको खण्डमा विगतमा भन्दा धेरै मत अन्तरले पराजित हुने अधिकांश जिल्लाबासीको जिकिर रहेको छ ।

गठबन्धनको झिनो आशा

तनहुँ क्षेत्र नं १ बाट उम्मेदवार बन्ने योजनामा रहेका पौडेल यस पटक गठबन्धन हुने हुँदा चुनाव जित्ने आशामा रहेका छन् ।तर पौडेल गठबन्धनकै उम्मेदवार बन्दा पनि माओवादी केन्द्रले विश्वास नगर्ने र समाजवादीको खासै प्रभाव नरहेको हुँदा गठबन्धनको उम्मेदवार बन्दा पनि जित्ने सम्भावना निकै कम रहेको छ ।

चुनाव जितिहाले भनि संसदीय दलको नेता महाभारत

वरिष्ठ नेता पौडेलले गठबन्धनको जोडबलले चुनाव जिति हाले पनि संसदीय दलको नेता बन्न महाभारत देखिएको छ ।पार्टीको १४ औं महाधिवेशनमा शेखर कोइरालालाई असहयोग गरेका पौडेललाई कोइराला समुहले समर्थन गर्ने सम्भावना कम देखिन्छ ।त्यस्तै केही दिन अगाडि पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई काठमाण्डौं महानगरपालिकाको उम्मेदवार बनाएको विषयप्रति व्यक्तिले सिंह समेत पूर्ण रुपमा असन्तुष्ट बन्न पुगेका छन् । पौडेललाई पार्टीका पूर्व उपसभापति विमलेन्द्र निधीले समेत सहयोग सम्भावना देखिदैन । त्यस्तै कथंकदाचित प्रधामन्त्री शेरबहादुर देउवाले सहयोग गर्न खोजेपनि प्रधानमन्त्री पत्नी आरजु देउवाबाट सहयोग हुने सम्भावना देखिदैन ।यस्तो अवस्थामा पौडेल पार्टीको संसदीय दलको नेता हुने सम्भावना निकै न्यून रहन्छ । संसदीय दलको नेता नभएपछि प्रधानमन्त्री बन्ने सम्भावना नै रहदैन ।

अन्तिम पटक अध्यावधिक गरिएको 467 Viewed

प्रतिक्रिया दिनुहोस्