
निराज रानाभाट , काठमाडौं : शनिबार ( आज ) नेपाल गौरव यात्रा एक विशेष दिन हो । सन २०१९ जून २९ का दिन पहिलोपटक शुरु भएको हो ।
स्टोनवाल विद्रोहको ५० औँ जयन्ती मनाउँदै नेपालमा पहिलोपटक गौरव यात्राको आयोजना भएको थियो । त्यसपछी , वार्षिक रूपमा जून महिनाको दोस्रो शनिबारलाई गौरव दिवस ( प्राइड डे ) को रूपमा घोषित गरिएको थियो ।
क्वयेर जनसंख्या सम्बन्धी नेपालमा वर्षभरी नै विभिन्न कार्यक्रम तथा भेलाहरू हुँदै आएपनि स्वतन्त्र र स्वयत्त रूपमा लैङ्गिक तथा यौनिक विविधताको उत्सवका रूपमा गौरव यात्रा भने पहिलोपटकै मनाइएको थियो ।
यस वर्ष जून महिनाको दोस्रो शनिबार ११ तारिख ( जेठ २८ गते ) परेको छ ।