निराज रानाभाट , भरतपुर , चितवन : रानाभाट / भाट समाज नेपाल जिल्ला कार्यसमिति चितवनकाे ` १६ औं साधारण सभा तथा ८ औं जिल्ला अधिवेशन ´ सम्पन्न भएको छ ।

हाम्रो प्रतिवद्धता सामाजिक सद्भाव एवम् रानाभाट / भाट बन्धुहरु बीच एकता ´ भन्ने मूल नारासहित स्थापना भएको रानाभाट / भाट समाज नेपाल जिल्ला कार्यसमिति चितवनकाे १६ औं साधारण सभा तथा ८ औं जिल्ला अधिवेशन ´ जेठ २८ गते , शनिबार ( अाज ) सम्पन्न भएको छ ।

कार्यक्रममा रानाभाट / भाट समाज नेपालका केन्द्रीय अध्यक्ष डा. बाबुराम रानाभाटको प्रमुख आतिथ्य र चितवन जिल्लाका अध्यक्ष ज्ञानबहादुर रानाभाटको अध्यक्षतामा भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा केन्द्रीय महा – सचिव हरि बहादुर रानाभाट , सह – कोषाध्यक्ष मन बहादुर रानाभाट लगायतको उपस्थिति रहेको थियो ।

८ औं जिल्ला अधिवेशनमा राजु रानाभाटको अध्यक्षता मा १७ सदस्यीय समिति सर्बसम्मत रूपमा निर्बाचित भएका छन , साथै जिल्ला महिला समिति चिजा रानाभाटको अध्यक्षतामा ९ सदस्यीय पनि गठन गरिएको छ ।

` १६ औं साधारण सभा तथा ८ औं जिल्ला अधिवेशन ´ भने चितवन जिल्लाको भरतपुर महानगरपालिका – ११ स्थित मलेवा पिसफूल कटेज एण्ड पार्टी प्यालेसमा शनिबार ( अाज ) भएको हो ।

अन्तिम पटक अध्यावधिक गरिएको 129 Viewed

प्रतिक्रिया दिनुहोस्